१. त्यो आलोचना सुधारका लागि हुनुपर्छ। स्व्च्छ र निस्पक्ष न्यायको लागि हुनुपर्छ। अदालत भित्रको पद्धति सुधारका लागि हुनुपर्छ।
२. कुनै न्यायाधीसले न्याय र अदालतको अस्थाका विरुद्ध काम गर्छ भने, उस्का विरुद्ध महाअभियोगको बाटो प्रयोग गर्नु पर्छ।
३. अदालतनै समाप्त गर्न लाग्दै छ्न।
४. निसाना पराजुली होइनन। निसाना सर्बोच्च अदालतको स्वतन्त्रता हो।
५. गिरिजाले गरेको संसद भङ्ग कानुनी मनमोहनले गरेको गैरकानुनी। फेरि शेरबहादुरले गरेको कानुनी। अनसन पहिला देखि चलेकै चलन हो। अदालतमा छानि छानी राजनीति गर्ने मानिस नियुक्ति गर्दा अदालत माफियाको चल्खेल नहुने अनि आफुले भनेजस्तो फैसला नआउदा न्यायाधीशको राजिनामा माग्न पाइने हो भने अदालतको स्वतन्त्रता कहाँ पुग्छ?
६. म सुशीला पराजुली जान्दिन। हिजो तेहि पार्टीमा थिए जांहा केसि थिए। म अदालतको स्वतन्त्रताको पक्षमा छु रहन्छु। अदालत एउटा राजनीतिक पार्टीको भकुण्डो भएको छ। कहिले यस्का नेता गोल गर्छ्न कहिले यस्का कार्यकर्ता।
७. वकिल मित्रहरु तपाइँहरुको हारजित सङ्गै अदालत नमरोस।
८. कसैका मुद्दामा निबेदन गरेकै कारण अभिलेख राख्ने आदेश आउँदा माफिया किन देखिएन?
न्यायाधीश विरुद्धको अवाज हो वा संस्था मार्ने खेलको भित्री पाटोबाट खोजी गरौं। यस्मा केसि होइन उन्लाइ जुस खुवाउनेहरुको सुभलाभ छ।