मे २२ का दिन सेनाली वाडुगे ले विजयवाणी अनलाईनमा लेखेको लेखले एउटा “भारतको पश्चिम झुकावले एसीया माथि विश्वासघात गरेको र आफूलाई वल्कानीकरण (वल्कान देशहरुको विभाजनको श्रृंखला) को वाटोमा धकेलेको कुरा” अगाडि ल्याएको छ, र त्यसले छलफलको संसारमा तरङ्गहरु पैदा गरेको छ । हजारौं बर्षको सभ्यतालाई कुल्चदै बेलायती, डच, पोर्चुगीज र फ्रेन्चहरुले भारतमा उपनिवेशको स्थापना गरे । भारतीय सभ्यता माथि अभद्र र अस्लिल खेलहरु खेले । सम्पूर्ण पूर्वीय सभ्यतालाई असभ्यता को पर्यायका रुपमा परिभाषा गरे । आदिवासी जनजातीलाई हिनतावोधक अर्थमा ‘लडाकू’ अर्थात ‘मार्न मर्न रुचाउने पिछडिएका असभ्य र अविकसित मानिसको’ रुपमा परिभाषित गरे । स्वतन्त्रता पछाडि भारतका शासकहरुले पश्चिमी उपनिवेशी शासकले लागु गरेका विभेदकारी अभद्र नीतिहरुलाई छोडेर नयाँ संसारको निर्माण गर्लान भन्ने ठानेका थिए जनताले तर उनीहरु विदेशी हिडेकै वाटोमा हिंड्न रुचाए । परिणामतः भारत नत देशभित्र समतामूलक आर्थिक विकासको वाटोमा हिड्न सक्यो नत छिमेकीहरु संग सौहाद्र्ध सम्वन्धको नै जग बस्यो ।
माथि उल्लेखित लेखमा सेनाली लेख्छिन् “एक जमानामा भारतमा गान्धी, सुवासचन्द्र वोस जस्ता स्वतन्त्रता र राष्ट्रियताप्रति प्रतिवद्ध, एंव पश्चिमी साम्राज्यवादका विरोधी एसीयाका पक्षधर नेताहरु भारतमा थिए । तर आज भारतलाई पश्चिमाहरुले पश्चिमका हितमा प्रयोग गरेका छन् ।” उनी भन्छिन् “किन राष्ट्रवादी भारतीयहरु यो वुझिरहेका छैनन् । भारतलाई पश्चिमले एक दिन सोभियत यूनियनलाई टुक्राए जस्तै टुक्राउने छ” ।
पश्चिमी सभ्यता र पूर्वीय सभ्यताका वीचमा मनोवैज्ञानिक तनावको इतिहास लामो छ । सभ्यताका इतिहासहरु हेर्दा पश्चिमी सभ्यताले अङ्गालेका धार्मिक मान्यताहरु र मानविय दर्शनहरुको जन्मसँगै ठूलाठूला हिंसाहरु बोकेको छ । यहुदीहरुले जेसु क्रिस्टलाई जुन क्रुरता प्रयोग गरी मारे त्यो सम्झदा पनि विरक्त लाग्छ । यूरोपीयन भूभागमा हुँर्किएका साम्राज्यहरु र तिनीहरुका दरवारमा हुने गरेका हत्याहरु विभत्स छन् । प्राचिन रोमले इजरायल र इजिप्टमा गरेका हिंसा र हत्याहरु झन् डर लाग्दा छन् । साम्राज्यको महत्वकांक्षामा अलेक्जेन्डर भारत सम्म आइपुग्यो, र त्यस क्रममा लाखौं मानिसहरुको हत्या ग¥यो । रोमहरुले वर्तमान ट्यूनिसीयामा वसेको कार्थेजेन भन्ने एउटा शहरका सवै मानिसहरुको हत्या गरेका थिए । जेसु क्रिस्ट जन्मिनु १५ सय वर्ष अगाडी सम्म, भोल्टायरले लेखेका छन्, अहिलेको इजरायल वरीपरी विकसित मानिसमा अपराधीलाई मृत्युदण्ड दिएपछि र उसको मासुु पकाएर खानेगर्थे । भोल्टायर लेखेका छन्, दसाग्रह राम्रो नभएका आफ्ना सन्तानलाई कुखुरा जस्तै काटेर खाने चलन पनि त्यहाँ थियो । पश्चिमी साम्राज्यहरु युद्धलाई खेल ठान्थे र हारेकालाई दास बनाउथे । तर पूर्वले उपनिवेशको नीति ग्रहण गरेन । युद्धलाई कहिल्यै महत्व आकांक्षा बनाएर संसार जित्ने अभियानमा हिडेन । जेगिंज खानले अपवादको रुपमा आक्रमणकारी अभियान चलाए, तर उनलाई नत सभ्यता नत मानिसले नै सघाए ।
आज पश्चिम भूमण्डलीकरणका नाममा संसारभरी फैलिएको छ । आज पनि पश्चिम व्यापारसँगै हातहतियार र अधिनकै लडाइ लडिरहेको छ । यसै क्रममा भारत संग अमेरीकाको आणविक संझौंता भएको छ । भारत पश्चिमसँगको सम्वन्धले हतियारमा बलियो भएको छ, तर के पश्चिमले दरो भारत चाहन्छ ? सेनाली शंका व्यक्त गर्छिन् । “भारतलाई आतंककारीहरुले संक्रमित गरेका छन् र सहयोग गर्नुपर्छ भन्ने भनाई सँगै आउने स्वार्थहरुको व्यवस्थापन भर्खरै उदियमान भारतले कसरी गर्ला हेर्नुपर्ने कुरा हो उनी इंगित गर्छिन् । तर एउटा तथ्य के स्पष्ट छ भने भारतलाई पश्चिमको होइन एसीयाकै भरोसा फलदायी हुनेछ ।
भारतले उसका भूमिमा जून किसिमको पश्चिमी संस्कृति जुन किसिमले हुर्कन दिइरहेको छ, त्यसले सम्पूर्ण संस्कृतिलाई कहाँ पुर्याउन्छ । यसको तात्पर्य रुढीवादलाई कायम राख्नु पर्छ भन्ने होइन तर सभ्यता र आधुनिकीकताको अर्थ पश्चिमीमाकरण पनि होइन । हाम्रो सभ्यतामा कतिपय त्यस्ता आचरणहरु छन् जसलाई अहिले अवलम्वन गर्न सकिन्न, तर त्यसको तात्पर्य पश्चिमी स्वच्छन्दबाद र अस्लिलतालाई हुर्कन दिनु पर्छ वा ग्रहण गर्नुपर्छ भन्ने पनि होइन । राष्ट्रको राष्ट्रियता उसका अपरीहार्य सांस्कृतिक र सभ्यता मूलक पहिचानसँग गाँसीएको हुन्छ ।
सेनाली लेख्छिन् भारतले सम्पूर्ण दक्षिण एसीया र वरीपरीका देशहरुलाई आसंकित र आक्रोसीत नभए पनि चिन्तित बनाएको छ । उसले छीमेकीहरुका राजनीतिक व्यवस्थालाई कमजोर र छिन्न भिन्न पार्ने वैदेशिक नीति ग्रहण गरेको छ । सेनालीको शंका के छ भने भारतको यस वैदेशिक नीतिले हुर्काएको अस्थिरता भित्र पश्चिमी शक्तिका स्वार्थहरुले हुर्कने मौका पाइरहेका छन् ।
नेपालमा भारतको इच्छा विपरित कुनै नीति पारित हुँदैनन् । भनिन्छ भारतको चाहनाविना कुनै कानून वन्दैनन् र कुनै योजना निर्माण पनि हुदैनन् । तर भारतको विकासको लक्ष्य के हो उ आफैं स्पष्ट दखिदैन । दह्रो भारतले आफ्ना छीमेकीको पनि सुरक्षाको प्रत्याभूति गर्ने हो वा आफ्ना छीमेकीको स्वतन्त्रता माथि खतरा पैदा गर्ने हो ? आफ्नो स्वतन्त्रताको मूल्यमा नेपाल, वाङलादेश, श्रीलंका जस्ता देशले भारतको पक्षलिन सत्तैmनन् । नेपाल, वङलादेश र श्रीलंका जस्ता देशले भारतसँग घनिष्ट सम्वन्ध निर्माण गर्ने अवस्था तव सिर्जना हुन्छ जब भारतले आफ्नो हस्तक्षेपद्धारा यी देशहरुलाई चिड्याउन छोडेर, उनीहरुको स्वतन्त्रता र सार्वभौमिकताको प्रत्याभूतिको वातावरण निमार्ण गर्दछ । दक्षिण एसीयामा भारतको कूटनीतिक यसरी असफल भइरहेको छ । कारण भारतको वैदेशिक नीतिको स्वतन्त्र सोचाइ र मान्यता छैन । विगतमा उसले सोभीयत संघसँगको झुकावमा निहित भएर सोच्यो अहिले भारत पश्चिमी देशको झुकावमा सोचिरहेको छ । भारतले एसियाको नेतृत्व निर्माण गर्ने र एसियामा साना र कमजोर देशको भरोसा प्राप्त गरेको शक्ति बन्न सक्नुपर्छ ।
चीन, भारत र रसीया सहित एसीया अहिले एसीया विश्व अर्थतन्त्रको आधारभूमि हो । एसीया विज्ञान, प्रविधी, आर्थिक विकास र कूटनीतिक संवन्धको नयाँ आयामको नेतृत्व गर्ने स्तरमा उभिएको छ । एसीया अहिले एउटा शक्ति हो । भारत पनि यसको अभिन्न अंग हुनसक्नु पर्ने हो, तर भारत एसीयाको केन्द्र विन्दु बन्ने पहलमा होइन पश्चिम संगको सहकार्यमा एसीयावाट पृथक बन्ने दिशातर्फ मोडिने खतरा वढिरहेको छ । यसले एसीयामा भाररत प्रति शंकाहरु उब्जिन्छन् र एसीयाको केन्द्र भागमा रहन नसक्दा भारत पश्चिमको नजिक जान झन बाध्य हुन जान्छ । यसले एसियामा अस्थिरताको निर्माण गर्छ । भारतको यसै मनोविज्ञानले छिमेकीहरुलाई आफुप्रति एकलौटी आभारी बन्न, नियन्त्रणमा बस्न र डराउन बाध्य पार्दछ । यसैबाट छिमेकी देशहरुमा भारत विरोधी मनोविज्ञानको निर्माण भएको हुन्छ । जसलाई भारतीय कर्मचारीतन्त्र भारतविरोधी षड्यन्त्र ठान्दछ । नेपाल अहिले भारतको यस मनोविज्ञानबाट आक्रान्त भएको भन्न लजाउनु पदैन । यो तथ्य भारतलाई भन्न सक्ने क्षमता नेपाली नेतामा छैन ।
पश्चिमसँगको सहकार्यले भारतलाई अन्र्तराष्ट्रिय सम्बन्धमा चीनसँग प्रतिस्पर्दा गर्न सजिलो पर्ला तर पश्चिम सँग केवल पश्चिमी सद्भाव मात्र आउँदैन । त्यससँग पश्चिमी चर्च,पश्चिमी संस्कृति,पश्चिमी मनोविज्ञान, पश्चिमी परिवार शैली,पश्चिमी सामाजिक विकृति पनि आउछन् । तिनीहरुले भारतीय समाजमा अन्तर संघर्षहरु पैदा गर्छन । जव यस्ता अन्तर संघर्षहरु पैदा गर्छन त्यसवेला पश्चिम ‘पश्चिमी संस्कृति, धर्म र मान्यता’ का पछाडि उभिनेछ । पश्चिमका यस्ता प्रवृतिले पूर्वीय समाज भित्रका अन्धवाद र रुढीवादलाई उत्तेजित काम गर्छन ।
यस जटिल अन्र्तराष्ट्रिय माहौल,यस सँग जोडिएको कूटनिति र संबन्धमा नेपाल , बंगलादेश,भुटान र श्रीलंका जस्ता देशले आफ्नो अस्तित्वको लागि विशेष कला सिक्नुपर्छ त्यो हो समृद्ध हुदै गएको एसियाको अभिन्न अंग वन्ने कुटनीतिक चातुर्यता र उनीहरुले चनाखो र दुरदृष्टि सहित अगाडि बढ्ने प्रयास गर्नुपर्छ । यस बाटोमा नेपाली राजनीतिका दृष्टिहिन नेताहरु अवरोधका रुपमा रहेका छन् । उनीहरु एसियाको वर्तमान अर्थ राजनीति र रणनीतिक रुपान्तरणका अन्र्तनिहित कारक तत्वहरु र गतिविधिहरु बुझ्न सक्दैनन् । उनीहरु गर्भाधानको भूमिका खेल्न नसक्ने ‘बृद्ध भालेहरु’ हुन, त्यसैले पोथीलाई गर्भाधारण गर्न सक्ने युवा जवान ‘भालेलाई’ अव मौका दिनुपर्छ । प्रकृतिले कसैलाई नियम तोड्न दिदैन । यदि बुढा भालेहरुले स्थान खाली गरेनन् भने गर्भाधान हुन चाहने पोथीको आह्वानलाई स्वीकार गर्दै बुढा भालेहरुलाई हटाउन जवान भालेहरुले विद्रोह गर्ने दिन आँउछ । नेपालको वर्तमान अवस्थाको मूख्य कारक तत्व यसका वौद्धिकताको सहयोगले काम गर्न नसक्ने नेता र लाचार यूवा नेताहरु हुन ।
नेपाली राजनीतिका खेलाडीहरुले भारत र चीनसँगको सम्बन्धलाई व्यवस्थित गर्न, नेपालको आन्तरीक अवस्थालाई मात्र हेरेर पुग्दैन । एसीया र यूरोपका अन्तर्विरोधहरु, एसीयाभित्र हुर्किरहेका अवसरहरु र एसीयाको बढ्दो प्रभावसँगै विश्वनीतिमा आउने परिवर्तनलाई पनि तथ्यगत एवम् तार्किक विश्लेषण गर्दै आफूलाई अन्र्तराष्ट्रिय मन्चमा प्रकट गर्न सक्नुपर्छ । यसका लागि पढ्नुपर्छ, छलफल गर्नुपर्छ, अनुसन्धानहरु गर्नुपर्छ र नीति निर्माणमा सरीक हुनुपर्छ । त्यसो गर्न देशका स्वाभीमानी, निर्भिक, दक्ष, बौद्धिकहरु, योजनाकारहरु र विश्लेषकहरुलाई काम लगाउनु पर्छ । अव म प्रचण्डजी, झलनाथ र सुशीलजी लाई प्रश्न गर्छु के तपाईहरुसँग यस्ता जटील विषयमा छलफल गर्ने ,अनुसन्धान गर्ने र नीतिहरुमा सल्लाह दिने संयन्त्र छन् ? छैनन् भने आफै एकै छिन घोत्लीएर विचार गर्नुहोस, के त्यसो भए तपाईहरु साँचिकै नेता हो त ? सुट लगाउँदैमा, अध्यक्ष पदमा निर्र्वाचित हुँदैमा, एक दुई देशका सरकारले भ्रमणको निमन्त्रणा दिदैमा नेता हुन सकिन्न । बाबुराम जी, के.पी. शर्मा वली जी र रामचन्द्र पौड्यालजी ले पनि एकपल्ट सोच्नुहोुस त, के प्रचण्ड, झलनाथ र सुशील कोइरालासँग नभएका ती संयन्त्रहरु तपाईहरुसँग छन् ? छन भने उनीहरुलाई बदल्नु पर्छ तपाईहरुले, तर तपाईहरु पनि त्यही ड्याङ्गका मुला हुनुहुँदो रहेछ भने तपाईहरुको नेतृत्वको आकांक्षा ‘एकपटक मौका पाउने’ चाहनामा मात्र आधारीत रहन्छ होइन र ? पण्डित बदल्नुको अर्थ ज्ञान र कार्यविधि पनि बदल्नु हो, होइन र ? के देशलाई यसभन्दा बढि डुब्न दिनुपर्ने कारण छ ?
भारतसँग अघि छलफल गरीएका जून कुराहरु छन तिनीहरुले नेपाललाई पनि प्रभावित पार्छन । भारतसँगै भारतकै सहयोगमा नेपालमा अनेक रुपमा पश्चिमी स्वार्थहरु गाँसिएका छन । चीनको बढ्दो अन्र्तराष्ट्रिय प्रभाब सँग टक्कर लिनुपर्ने पश्चिमी बाध्यता छन् र उसले सोका लागि निर्धारण गरेका रणनीति अनुरुप उनीहरु नेपाललाई व्यवहार गर्दछन् । यसर्थ नेपाले आफ्ना कूटनितिक रणनीतिमा चातुर्यता निर्माण गर्ने समय हो यो । यस खास समयमा नेपाली नेताहरुले भारतका प्रियपात्र बन्न खोज्ने जून रणनीति ग्रहण गर्नुभएको छ, त्यसले तपाईहरुलाई केही दिनेवाला छैन । किनकी तपाई भारतप्रति आशक्त हुने कुराले पश्चिमी राष्ट्रको उद्देश्य पुरा हुँदैन । पश्चिम नेपालमा फरक संयन्त्रको निर्माण गरेर अगाडि बढ्न चाहान्छ, त्यसैले भारतको समर्थनमा शासन गर्ने र नेता हुने परिकल्पनाको कन्तविजोग हुनेछ भन्ने कुरा बाबुरामजीको सरकारले बुझिसकेको हुनु पर्छ । त्यसो भए के चीन प्रति आसक्त भएर नेता र प्रधानमन्त्री हुन सकिएला त ? प्रचण्डका सरकारले भोगेका अनुभव छ हामीसँग यस सम्बन्धमा । त्यसैकारण नेपालले बृहत्तर एसियाको केन्द्रमा आफुलाई समाहित गर्दै, भारत र चीनका बीचमा सन्तुलन कायम गर्न सक्नुपर्छ । जून जून पार्टीका नेता हुनुहुन्छ एकपटक सोच्नुहोस के तपाई यो चुनौतीलाई बोक्न सक्षम हुनुहुन्छ ? तर सिक्न सक्नुहुन्छ, त्यसका लागि राष्ट्रप्रति समर्पित, न्यायीक,उदार र विकासप्रेमी हुनुपर्छ । तपाई वाँचिरहेको धर्तीमुनी भुइचालाको केन्द्रविन्दु छ भनेर सुन्नु भएन भने घर भत्कीएर मर्ने डर हुदैन र सचेत हुने आवश्यकताको अनुभूति हुँदैन । एक पटक राष्ट्रका लागि गरीव जनताका लागि मैले भनेका कुरा एक्लै बसेर सोच्नुहोस फाइदा भएनछ भने पनि बेफाईदा हुनेछैन ।