देशलाइ अगाडि सार्नु अहिलेको प्राथमिकता हो। देशको अवस्था अहिले थुप्रै सरकारी कार्यलयका आंगनमा थुपारिएका सबारी साधनको जस्तो बनाइएको छ। देश अगाडि हिड्छ, यदि
१. राज्यका विभिन्न अङ्ग वा कार्यलयमा कार्यरत देशबिरोधि, बिदेशीको जुठोपुरो खाने र भ्रस्टाचार गरेर पैसा बिदेशमा बसेका छोरा छोरीका नाममा हुण्डीबाट पठाउने कर्मचारीमाथी कारबाही सुरु गरियो भने।
२. देशमा उत्पादन भएका बस्तु वा सामग्रीलाई प्राथमिकता दिई, बिदेशी सामानको प्रयोगलाई त्याग्न जनतालाइ आग्रह गरि देशको उद्द्मसिलता प्रबर्द्धन गरियो भने।
३. देशमै राम्रो पठनपाठन गर्ने संस्था छ्न। अरबबाट पसिना सुकाएर कमाइ ल्याएको बिदेशी पैसा, अस्ट्रेलिया, जापान, मलेसिया, अमेरिका, बेलाएत पढ्न जानेलाइ दिन बन्द गरियो भने। पहिला बिद्यार्थीको बिदेश वसार पसार गर्ने संस्थामा रोक लगाउनु अवास्यक छ। बर्षको चालीस अरब भन्दा बढी बिद्यार्थीबाट रकम बिदेशीको छ।
४. बिश्वबिद्धालयको अकर्मण्यता र भ्रस्टाचार पहिला रोकियोस। बिश्वबिद्धालयका उपुकुलपतिहरुले राजिनामा दिउन। राम्रो कामगर्नेलाई सरकारले पुन नियुक्त गरोस। बिश्वबिद्धालयमा भ्रस्टाचारको आरोप लागेकालाई तुरुन्तै हटाइयोस।
५.ठेक्काका नाममा कामगरे जस्तो गर्ने मानिस र तेस्तालाइ ठेक्का दिने हाकिमलाइ कारबाही गरियोस।
६. प्रधानमन्त्रीले बिसेसज्ञहरुको निरिक्षण महाशाखा प्रधानमन्त्रीको कार्यलयमा राखी प्रत्येक दिन प्रोजेक्ट, कार्यलय, बजेट उपयोग, बिश्वबिद्धालयहरु सबैको कामको अनुगमन गरोस, र समयमा काम सम्पादन नगर्ने माथी तत्काल कार्बाही गरोस।
७. असहाय, अन्यायमा परेका, काम हुन नसकेका, कम्जोर, ठगिएका जनताको तत्काल सहयोग गर्ने एउटा अधिकार सम्पन्न कार्यलय स्थापित गरियोस।
६. चाकरी गर्ने, काम नगर्ने आफ्नो हित सिबाए केही नगर्नेलाई कुनै पदमा नियुक्ति नदियोस।
७. रास्ट्रको शुरक्षामा खटिएको प्रहरीमा राजनीति बन्द गरियोस। राजनिती गर्ने प्रहरी जो नेताका घरघरमा पुगछ्न, तेस्तालाइ कार्बाही गरियोस। सुरक्षा निकायमा बिदेशी को पंहुच बन्द गरियोस।
८. थोरै मन्त्रालय, युवा पढेलेखेका ब्यक्तिलाइ मन्त्री बनाइ उनिहरुलाइ योग्यता प्रमाणित गरेका विशेषज्ञको सहयोग उपलब्ध गराइयोस।