संवैधानिक संकटमोचनका सम्भावित उपायहरू

संविधानसभाको सन्दर्भमा सृजित अहिलेको संकटलाई मोचन गर्न आधारभूत सैद्धान्तिक प्रश्नमा नै स्पष्ट हुनुपर्ने आवश्यकता छ । संविधानसभाको विगठनका पछाडि एनेकपा (माओवादी) द्वारा लामो समयदेखि तयार पारिएको खेल थियो । अतः संविधानसभाको सम्बन्धमा कुनै निष्कर्षमा पुग्नुभन्दा पहिला, एनेकपा (माओवादी) ले विगत केही यता वर्ष खेलेका खेलहरूको बारेमा पार्टीपंक्ति स्पष्ट हुनुपर्ने हुन्छ । 

क. पृष्ठभूमिमा रहेका घटनाहरू 

१. संविधानसभाको निर्वाचनपूर्व निर्वाचन प्रणालीका सम्बन्धमा सहमति भइसकेपछि, नेकपा (माओवादी) ले राष्ट्रिय सम्मलेनको आयोजना ग¥यो, र पूर्व स्थापित सहमतिको विपरित ‘समानुपातिक निर्वाचन’ प्रणालीको अनुपात बढाउनुपर्ने दाबी लियो । त्यस खिचोलाबाट घोषित संविधानसभाको मितिमा निर्वाचन हुन नसक्ने अवस्था सृजना भयो । त्यसैताका भू.पू. अमेरिकी राष्ट्रपति कार्टर नेपाल आए । माओवादी नेताहरूसँग समेत उनले कुरा गरे । फर्किने क्रममा विमानस्थलमा उनले ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत अप्रत्यक्ष प्रणालीबाट सदस्यको छनौट गर्नुपेर्न सुझाव दिए । केही दिनमा यसैको वरीपरी सहमति भयो । संविधान सभाको आकार ६०१ जना हुन गयो । एनेकपा (माओवादी) को तत्कालीन खेल के थियो भन्ने कुराको विश्लेषण भएन । ठूलो संख्याको संविधान सभाको आकार उसको पक्षमा हुन्थ्यो । उसले के बुझेको थियो भने ‘समानुपातिक प्रणालीबाट’ निर्वाचित सदस्यहरू जनताप्रति प्रत्यक्षतः जवाफदेही नुहने भएबाट उनीहरूलाई बहकाउन सजिलो हुन्छ भन्ने कुरा उनीहरूले बुझेका थिए । अहिले संविधान निर्माणको अन्तिम सभ्यताका त्यो कुरा स्पष्ट देखिएको छ । 

२. संविधानसभाको निर्वाचनमा उसले आक्रमक शैली अवलम्बन ग¥यो । लडाकुहरूको व्यापक रूपमा परिचालन ग¥यो । उसको घोषित लक्ष्य संविधानसभा कब्जा गर्ने थियो । उसले विशेष समूह तयार गरेर आफ्नो स्थिति र जनताको मनोविज्ञान विश्लेषण गरेको थियो । विभिन्न देशका कम्युनिष्ट पार्टीका सदस्यहरू काठमाडौंमा आएका थिए । उनीहरूले ‘अनुसन्धानमूलक ढंगबाट’ तथ्यहरूको विश्लेषण गर्न सिकाएका थिए । यहि प्रयोजनका लागि संविधानसभाको निर्वाचनमा ढिलाई गरिएको थियो । यो कुरा तत्कालिन अवस्थामा पार्टीका कतिपय शिर्षस्थ नेताहरुलाई जानकारी गराइएको पनि थियो । तर नेताहरु संविधानसभा ‘एमालेको’ वर्चस्व कायम हुन्छ भन्ने आत्मागत विश्लेषणमा ढुक्क भएर बस्नुभयो । परिणामस्वरुप एमालेले तेस्रो स्थानमा खुम्चिनुप¥यो । समानुपातिकतर्फ मनोनयन गर्दा पनि थुप्रै कमजोरीहरु भए । 

 

Download Full Article