“अमेरिकी जनता राजनीतिक क्रान्तिको लागि प्रयास गर्दै लिङ्कन, रुजवेल्ट र केनेडीको अमेरिका बनाउने अभियानमा लाग्दा विश्व शान्तिको आशा पलाएको छ ।”
प्रसिद्ध विचारक नोम चोम्स्कीले पटक पटक दोहो¥याइरहेको अभिव्यक्ति हो, अमेरिका ‘साम्राज्यवादी शक्ति नै हो’ । उनी हार्वड विश्वविद्यालय जस्तो प्रख्यात विश्वविद्यालमा अध्यायपन गर्ने प्राध्यापक हुन् अहिले एम.आई.टि.मा अध्यापन गर्दछन् । प्रसिद्ध ‘पुलित्जर एवार्ड’ प्राप्त पत्रकार क्रिस हेज भन्छन्, “अमेरिकी शासन व्यवस्था ‘कर्पोरेट फासिजम’ (कम्पनीहरूले चलाएको फासीँवाद) हो” । क्रिस हेज न्युयोर्क टाइम्सका निवर्तमान विदेश सम्वाददाता हुन् । प्रसिद्ध अमेरिक अर्थशास्त्री डेविड हार्वी भन्छन् ‘अमेरिकी पुँजीवाद’ ऋणको व्यवस्थापनमा टिकेको विकृत पुँजीवाद हो । यी तिनैजानाको एउटै विचार छ, अमेरिका सबैभन्दा ठूलो हतियारको कारखाना हो । उसको परराष्ट्र नीति ‘फोसिल उर्जाको शोषण, सत्ता परिवर्तन र हातहतियारको व्यापारको प्रवर्धन गर्नु हो । उनीहरू यो पनि भन्छन् सन् १९३० पछाडिको अमेरिका ६ वटा वित्तिय कम्पनी (बैंक) र केही बहुराष्ट्रिय कम्पनीहरूले चलाएको शासन सत्ता हो । अठार प्रतिशत जनता निर्वाचनमा भाग लिन्छन्, निर्वाचनमा चन्दा उठाउने होडबाजी चल्छ र ‘बालस्ट्रिट’ (वित्तिय कम्पनीहरूको केन्द्र) ले त्यसैलाई सबैभन्दा बढी चन्दा दिन्छ जसलाई उसले जिताउन चाहेको छ ।
यस्तो पृष्ठभूमिमा भावी अमेरिकी राष्ट्रपतिको निर्वाचन दौरमा देखिएको एउटा प्रवृत्ति के देखियो भने अमेरिकी जनताको ठूलो हिस्सा खासगरी युवा पुस्ता प्रजातान्त्रिक समाजवादमा विश्वास गर्दो रहेछ । यस निर्वाचनमा तीनवटा फरक प्रवृत्ति भएका तीनजना उम्मेदवारहरू निर्वाचनको दौडमा छन् । त्यसमध्ये एकजना हुन् हिलारी क्लिन्टन । उनले आफ्नो अटो वायोग्राफीमा नेपालका बारेमा नितान्त झुठो कुरा लेखेकी छिन् । उनले लेखेकी छन् ‘नेपाल अत्यन्त फोहोर देश हो, मानिसहरू बाटोमा दिसा गर्छन् । नेपालको एकदिने भ्रमणमा जाँदा होटल ¥याडिसनले पोखरी पानी सबै फ्याँकेर मिनर वाटर भरेछ मेरा लागि’ । यदि यो सत्य नै हो रहेछ भने हिलारी अमेरिकी सभ्रान्तको प्रतिनिधित्व गर्ने उम्मेदवार रहछिन भन्न सकिन्छ । अर्का उम्मेदवार हुन डोनाल्ड ट्रम्प । उनी टेलिभिजनमा ‘रियालिटी सो’ आयोजना गर्ने अरबपति हुन् । उनी छुचो बोल्छन् तर सत्य बोल्छन् । आप्रवासी प्रति अत्यन्त अनुदार यिनी मेक्सिको र अमेरिकाका बीचमा पर्खाल लगाउने र पर्खालको खर्च मेक्सीकोलाई व्यहोर्न लगाउने कुरा गर्दछन् । अमेरिकालाई फेरी एउटा बलियो देश बनाउन उनी चाहान्छन् । ओवामाको असफल परराष्ट्र नीतिको तिब्र आलोचक यिनी ‘इराक र लिबिया’ मा अमेरिका असफल झुठ्ठो प्रमाणित भएको आरोप लगाउने मात्र होइन, ती आक्रमण त्रुटिपूर्ण भएको दावी गर्छन् ।
सिनेटर बर्नी स्यान्डर्स ‘अमेरिकी पुँजीवादको तिब्र आलोचक रहेका छन् । उनी एउटा नयाँ राजनीतिक क्रान्तिको कुरा गरिरहेका छन् । बर्नी प्रजातान्त्रिक समाजवादको पक्षमा गरिवहरू, युवा, कामदारहरू र विद्यार्थीको नेतृत्व गरिरहेका छन् । उनी भन्छन्, सन् १९३० पछाडि अमेरिकी अर्थतन्त्रको साँचो ६ वटा वित्तिय संस्थाको एकाधिकारमा पुगेको छ । सुनको ठाउँमा ‘ट्रेजरी वण्ड’ अमेरिकी डलरको ‘सुरक्षण प्रत्याभुति’ बनेको छ । सुनको प्रत्याभूतिमा छापिने डलरका नोटहरू अहिले जति चाहियो त्यति छापिन्छ र त्यसको प्रत्याभूतिका लागि ‘टे«जरी वण्ड’ बिक्री गरिन्छ । तसर्थ ६ वटा वित्तिय संस्थाहरू टाट पल्टिए भने अमेरिकी अर्थतन्त्रको पनि टाट पल्टिन्छ । उनी भन्छन्, “चार करोड सत्तरी लाख मानिस सरकारले प्रदान गरेको मासिक ३०० डलरको भरमा बाँच्न बाध्य छन् । सत्ताइस लाख मानिसको रोजगारी समाप्त भई बेरोजगार बनेका छन् । अमेरिकाको मध्यव वर्ग गरिब बनेको छ । सम्पूर्ण राष्ट्रको आधाभन्दा बढी आम्दानीमा माथिल्लो दश प्रतिशतको अधिन छ र त्यस दश प्रतिशत भित्रको एक प्रतिशत धनी मानिसले यस्ता आम्दानीको आधा भागमा अधिन जमाएको छ र यस एकप्रतिशत भित्र पनि त्यो सम्पत्तिमा करिब ६ सयवटा ठूलठूलो राष्ट्रिय र बहुराष्ट्रिय निगमको अधिन कायम छ । ति ६ सय कम्पनीहरू मध्ये ६ वटा वित्तिय कम्पनीले त्यस आम्दानीमाथि नियन्त्रण गरेका छन् र अमेरिकको सरकार पनि उनीहरू नै चलाउँछन् । उनको विचारमा अमेरिकाको संस्थापन राजनीति भनेको ‘अमेरिकी सम्पत्ति र सत्ता’ को समिकरण हो जसको प्रतिनिधित्व ६ वटा वित्तिय संस्थाले गर्ने गरेका छन् ।
यी तीन जना उम्मेदवारको एउटा अर्को विचित्रको विशेषता देखिएको छ । बर्नी स्यान्डर्सलाई उनका प्रत्येक समर्थकले जनता २७ डलरका दरले चन्दा दिइरहेका छन् । उनको चुनावको खर्च आम गरिव जनताको चन्दाबाट उठिरहेको छ । डानाल्ड ट्रम्प आफ्नो खर्च आफैं व्यहोरी रहेका छ । हिलारी क्लिन्टनको खर्च धनी वित्तिय संस्थाहरूले व्यहोरी रहेका छन् । बर्नी स्यान्डर्सका विरुद्ध डेमोक्र्याटिक पार्टीका संस्थापकहरूले व्यापक धाँधली गरिरहेका कुरा त्यहाँका स्वतन्त्र बुद्धिजीवीहरू आरोप लगाउँछन् । अमेरिकको संचार माध्यममा धनी कम्पनीहरूका नियन्त्रणमा छन् । ति सञ्चार माध्यायम धनी कम्पनीहरूका नियन्त्रणमा छन् । ति सञ्चारमाध्यमहरू ‘बर्नी’ लाई जोकर मान्छन् । अमेरिकमा जसले समाजवादको कुरा गर्छ त्यसलाई संस्थापनले कम्युनिष्ट मान्छ । जसले अमेरिकाको सत्ता परिवर्तन र युद्धको विरोध गर्छ त्यसलाई पनि संस्थापनले कम्युनिष्ट नै मान्छ । बर्नीलाई यही आरोप छ । उनका विरुद्धमा धाँधली भइरहेको छ । आम अमेरिकी जनता बर्नीलाई स्वतन्त्र उम्मेदवारको रूपमा लड्न सल्लाह दिइरहेका छन् । उनको स्वतन्त्र उम्मेदवारीले हिलारीको हार सुनिश्चित हुन्छ र रिपब्लीकन उम्मेदवार ट्रम्पले जित्ने निश्चित छ । ट्रम्पलाई
हराउन सक्ने उम्मेदवार बर्नी स्यान्डर्स हुन तर डेमोक्र्याटिक पार्टीले उनलाई धाँधली गरेर उम्मेदवार हुन दिँदैन । यदी बर्नी स्यान्डर्सले निर्वाचनबाट आफूलाई फिर्ता गरे भने ट्रम्पको जीत सुनिश्चित हुन्छ र हिलारीले उम्मेदवारी फिर्ता गरिन भने स्याण्डर्सले ट्रम्पलाई जित्ने छन् । तर अमेरिकी वित्तिय फासीवादले यसो हुन दिँदैन ।
स्लोभानियन दार्शनिक जिजेक भन्छन्, “बाहिरबाट हेर्दा जुन कुरालाई लोकतन्त्र देखिन्छ, भित्रपट्टि त्यो विकृत पुँजीवादको रूपमा रहेको छ ।” हिलारी क्लिन्टनको विगतले के देखाएको छ भने उनी सत्ता परिवर्तनमा सक्रियतापूर्वक लागिन । लिबियामा विप्लव गराइन । इजिप्टमा विप्लव गराइन र अन्त्यमा सिरियामा संस्थापनका विरुद्ध विद्रोह रचाईयो । त्यसको परिणाम ‘आइएस’ को जन्म भयो । हिजो ‘अरबको बसन्त’ भनी तारिफ गरिएको घटनाले आज मानव संहारको रूप लिइरहेको छ । हिलारीको राष्ट्रपतित्व कस्तो होला ? अनुमान गर्न सकिन्छ । उनले विल क्लिन्टन देखि ओवामा सम्मका महंगा त्रुटीहरूलाई लुकाउन ‘सत्ता विप्लव’ कै रणनीतिलाई प्राथमिकता दिनेछिन् । उत्तर कोरियालाई नष्ट गर्ने हरकतले दक्षिण पूर्व एसियामा अशान्तिको उदय हुने सम्भावना छ । यसबाट एसियाको बढ्दो आर्थिक उन्नतीलाई अवरोध पुग्ने खतरा छ । पेट्रोलियम उत्पादनको कब्जा निरन्तर राख्ने उनको नीतिले अरबमा तनाव यथावत रहने छ र ‘टेरोरिजम’ समस्या झनै बढ्ने छ । उनको ‘सफ्ट प्रभाव’ को नीतिभित्र नागरिक समाजको सम्बन्धको विस्तार रहने छ । त्यसको तात्पर्य हो ‘लोकतन्त्र’ र ‘मानव अधिकार’ को वकालत । यस बहानामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू विकासन्मुख देशहरूमा ‘लोकतन्त्र र मानवअधिकार’ को पाठ सिकाउने नाममा ति देशका अन्तरिक मामिलामा हस्तक्षेप गर्न सक्रिय रहेन छन् । उनीहरूले धर्म परिवर्तन, सरकारका निकायहरूलाई भ्रष्ट बनाउने कार्य र परिवर्तनका नाममा अस्थिरताहरूलाई प्रवर्धन गरिरहने छन् । विद्रोहीहरूको खेती गर्नु र उनीहरूको मानव अधिकारको चर्चा उठाएर राष्ट्रहरूको सार्वभौम सत्ता र अखण्डतालाई चुनौती दिनु उनीहरूको मुख्य काम हुनेछ ।
डोनाल्ड ट्रम्पको विजयले सबैभन्दा ठूलो मार अमेरिकी बहुराष्ट्रिय निगमलाई पर्ने छ । ट्रम्पअमेरिकामा हुने उत्पादनलाई महत्व दिई रोजगारी निर्माणलाई मुद्दाको रूपमा उठाइरहेका छन र उनी राजनीति भन्दा अर्थतन्त्रको पक्षमा छन् । यसो भयो भने ‘अमेरिकाको नाजायज हस्तक्षेपमा कमी आउने छ र विश्वको अन्य भागमा आर्थिक विकासका लािग आवश्यक स्थायित्वको निर्माण हुनेछ’ । बर्नी स्यान्डर्सले राष्ट्रपतिको चुनाव जित्ने मौका पाए भने ‘विकृत पुँजीवादको विस्तरामा अमेरिकाले गर्दै आएको परम्परागत राजनीतिक हस्तक्षेप घट्ने छ । अमेरिकी जनताको हातमा राजनीति फर्किने सभवना बढ्ने छ’ ।
जेहोस् करिब एक शताब्दीपछि अमेरिकामा राजनीतिक बहस सुरु भएको छ । बर्नी स्याण्डर्सले अमेरिकाको राजनीतिलाई युवा र कामदार बर्गमा पु¥याएका छन् । लोकतन्त्रका नाममा वित्तिय अधिनायकत्वमा फसेको लिंकन, रुजवेल्ट र केनेडीको देशका जनताले लोकतन्त्रको अनुभूति गर्न पाउने अवस्थाको सिर्जना गर्न बहसको सुरुवात भएको छ । ‘साँढे अनुशासित भयो भने वरिपरी शान्ति छाउँछ’ । अमेरिकी राजनीतिमा लोकतान्त्रिक बहस र संस्कारको विकास भयो भने त्यसले मानवीय मर्यादा र आदर्शलाई अंगाल्न थाली हतियार बनाई युद्धको बजार चलाउने काम बन्द गर्नेछ । यसले विश्वले भोगिरहेको ‘टेरोरिजम’ को समाधानको बाटो समाउने छ । अरबीयन जनताले आफ्नो स्रोतमाथि आत्मनिर्णयको अधिकार पाएमा उनीहरूको अमेरिकी एवं पश्चिम विरोधी आतंकहरू आफैं सिथिल हुनेछन् ।
डेभिड हार्वी भन्छन् “एउटा उद्योगपतिले उत्पादनको प्राजेक्ट बनाउँछ र त्यसलाई कार्यान्वयन गर्न बैंकबाट कर्जा लिन्छ । उसले त्यसबाट केही नाफा गर्छ र ऋण चुक्ता गर्छ । फेरी प्रोजेक्ट बनाउँछ र ऋण लिन्छ । यो चक्र निरन्तर चलिरहन्छ । उद्योगपति असफल भए वित्तिय कम्पनी डुब्छ । बैंक टाट पल्टिए उद्योगहरूमाथि लगानी गर्ने रकम हुँदैन । यसलाई ‘ऋण व्यवस्थापनमा आधारित पुँजीवाद’ भनिन्छ । माक्र्सले भनेको पुँजीवाद यो होइन । यो पुँजीवाद ‘विकृत दलाल पुँजीवाद हो’ । हार्वीका भनाईमा “अमेरिकी पुँजीवाद खास पुँजीवाद होइन यो विकृत ‘ऋण व्यवस्थापनको पुँजीवाद हो” । उनी भन्छन् “यो चाँडै आफै ढल्दैछ । विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले हाम्रा पूर्व अर्थमन्त्री रामशरण महतको सहयोगमा नेपालमा आयात गरेको पुँजीवाद पनि विकृत पुँजीवाद नै हो । यसलाई हाम्रा ‘इकोनोमेट्रिक’ का जानकार, वित्तविज्ञहरु, कांग्रेस नेता, एमालेका नेता र माओवादीका नेताहरू बोकेर हिडिरहेका छन् । बर्नी स्यान्डर्सलाई धन्यवाद दिनुपर्छ । उनले यसलाई चुनौती दिएका छन् । संसारको सबै जनताले “अमेरिकी जनताको राजनीतिक क्रान्तिलाई सघाउनु समयको माग हो” । (यो लेख लेखकको प्रकासन्ुख पुस्तक ‘निशंकोच अभिव्यक्तिबाट’ उद्धहरण गरी तयार पारिएको हो ।)