स्थानिए निकाएको दोस्रो निर्वाचन पछिको कुरा

काठमाडौमा केसब स्थापितले मेएर जितेपछि एकदिन मेरो घरमा आए। यो स्थानिए निकाएको दोस्रो निर्वाचन पछिको कुरा हो। मलाइ नगरपालिकाको प्रमुख कानुनि सल्लाहकार भै सहयोग गर्न अनुरोध गरे। मुद्धाको खात थियो। निकै ठुलो संख्यामा जेष्ठ नागरिक मुद्दामा आंउथे तर उनिहरु नेपाली भाशा बोल्न सक्तैनथे। नगरपालिकाले नेपाल भाषालाई सर्वसम्मतीले बैकल्पिक काम्काजको भाषा बनाउने निर्णय गर्यो। तेस्पछी जनकपुर जि.बि.स. ले मैथिलीलाई बैकल्पिक कामकारबाहीको भाषा बनाउने निर्णय गर्‍यो।

एकजना फुर्सदी वकिलले बैकल्पिक भाषाको कारणले रास्ट्र बिखन्डन हुन्छ भनी सर्बोच्चमा मुद्दा हाले। यो मुद्दामा मैले दुबै निर्णयको समर्थनमा बहस गरें। दुइदिन मा आठ घन्टा बोलें निर्णयको समर्थनमा । मेरो तर्क थियो यी निर्णयले नेपाललाई भावनात्मक रुपले जोड्ने छ्न। 
तेसताका मैले प्रा. माणिकलाल श्रेष्ठसङ्ग धेरै घण्टा भाषाका बारेमा ट्युसन लिंए। मेरो अथक प्रयासका वाब्जुद सर्बोच्चले मुद्दामा त्रुटिपुर्ण फैसला गर्‍यो। नेपाली, नेवारी र मैथिली भाषाको जग एउटै रहेछ संस्कृत। देशमा अहिले जातीय घृणा रोप्ने प्रयास भैरहेको छ। जसरी कत्लेआम अर्नु अगाडि हिटलर र उसका साथिले यहुदीका बिरुद्ध घृणा सल्काए अहिले खसआर्य भनी तेसैगरि घृणा सुनियोजित धङ्गले रोपिदै छ।

१. यो देशमा जातीय र छेतृए आन्दोलन को ठेक्कालिने र बिदेशीका चाकरी गर्नेको बजार लागेको छ। खस र आर्यलाई गाली गर्दै कथित आन्दोलनको मसिहा बन्नेको स्वार्थको शिकार भयेको छ मानिसको मर्यादा र स्वतन्त्रता। म किरांत प्रदेशको मानिस हुं। मेरो सभ्यता किराँती हो। मैले मुन्धुम दर्सन र संस्कृतीको सकेजती अध्यन गरेको छु। सभ्यताले म किराँत हुं तर जातले बाहुन हुं। 
२. भाषा र संस्कृति समृधीको आन्दोलन र बिकासको आन्दोलन दुबैबआफ्नो बिकासको लागि हुन्छ। अर्काको बिनासको लागि हुदैन। 
३. छुवाछूत, अन्धबिस्वास र कट्टरपन बाहुनवाद हो भने यो सबै जात र सम्प्रदायमा छ। मदेशका बाहुनमा झन ज्यादा छ। तेसैले तराइमा आफुले गरेको जातीय भेदभाव लुकाउन खस आर्यलाई गाली गरि आफ्नो बाहुनवाद धेरै दिन लुकाउन सकिँदैन भनी मादेशको सामाजिक सत्ता समातेका जमिनदारहरुले बुझ्नु पर्छ। तेसैले हिजोको राज्यसत्ताले रोपेको भेदभावलाई खस/आर्य भनी नस्लवादको खेती बिदेशी पैसाको सहयोगमा गर्ने प्रबृत्ति सङ्ग जुधनु नै सहि परिवर्तनको बाटो हो। मलाइ यसो गर्न डर छैन।
४. मानाबशास्त्र लेख्ने खस आर्य थिएनन्, झा बाहुन थिए। मुलुकी ऐन लेख्ने खसआर्य थिएनन, झाजि नै थिए। जात र सम्प्रदाय खराब हुँदैन, ब्यक्ति खराव हुन्छ।
५. मैले मैथिली भाषाको पक्छमा लडेको छु। म जस्ता पहाडेहरु मैथिली कवि बिद्यापतिको सालिक राख्ने ठाउँ खोज्दै छौं । हामी सबै किसिमका भेदभाव अन्त भै समतामुलक समाजको निर्माण हुनुपर्छ पर्छ भन्ने आन्दोलनको समर्थन गर्छौं।
६. मदेशमा तत्काल उन्नत बुढानिलकन्ठ जस्ता इस्कुल बन्नु पर्छ र तेसता इस्कुलमा मदेसी माथिल्लो जातका मनिसबाट पेलिएका चमार, डोम, धानुक, मुसहर जस्ता पछाडी पारिएकाले पहिलो मौका पाउनु पर्छ। मदेशीका नाममा १२ प्रतिशत बाहुन, राज्पुत, कायेस्थ र यादवको रजाइँ हुनसक्दैन। तेसैले आन्दोलन सिमाको होइन। सामाजिक र आर्थिक रूपान्तरण को हो।
७. कथित स्वाएत्ताका नाममा कथित माथिल्लो जातका मानिसको हैकम लाद्ने व्यवस्ता सम्भिधानले स्वीकार गर्न सक्दैन।
८. जनताका नेता ले आन्दोलन जनताको समर्थनमा गर्नु पर्छ। बिदेशी संस्था, बिदेशी संसद र बिदेशी सरकारको समर्थनमा होइन।
९. मदेशआन्दोलनमा मारिएका सबै जनताको सम्मान र आदर हुनुपर्छ। मानव अधिकारको उलंघन गर्नेलाई सजाए हुनु पर्छ। तर मदेश आन्दोलन ताका मदेशबाट लखेटिएका जनता, मारिएका जनताको मानव अधिकारको पनि सम्मान हुनुपर्छ। उनिहरुमाथी अपराध गर्नेलाई उन्मुक्ति हुन सक्तैन।
१०. मदेशी जनताको आन्दोलन प्रती सधै समर्थन छ।तर लाठी खुकुरी बोकेर शान्तिपुर्ण आन्दोलन गर्ने कुरालाई मानव अधिकार मान्ने परिभाषा प्रती समर्थन छैन। 
११. अहिले संबिधान सम्सोधन गर्ने बेला होइन। सम्सोधन गर्ने हो भने मदेशमा दलितलाई छुटै समूह मानिनु पर्छ। मुसहरहरुको छ्टै समूह मानिनु पर्छ। तराईका बाहुन/छेत्री, यादव र दलितको जनसंख्याको प्रत्निधित्वको छुट्टै ब्यबस्था गर्नु पर्छ।
अन्यकुरामा जस्तोसुकै समर्थन गर्न पहाडका नागरिकले कन्जुस्याइँ गर्नु हुन्न्न।