हामी २१ शताब्दीमा छौ। हाम्रो छिमेकी चन्द्रमामा आलु रोप्ने तर्खरमा छ। तर दिन रात नेताहरू गलत भन्ने आफुलाइ चेतनसिल ठान्ने मानिसहरूले पनि देश प्रसस्त लुटेका छ्न र देश बर्बाद गर्न भुमिका खेलका छन। म अहिले गाउँमा छु। यो देशको भबिस्यपनि गाउँमा नै छ। तुलना गरौं।
१. हिजो बिहान गाउँ गाउँमा एकजना महिला सङ्ग कुरा भयो। उन्ले दुई माउ गाइ पालेका छ्न। छोरा छोरी स्कुलमा पढाएकि छ्न। उनको श्रीमान बिदेशमा छ्न। उन्को श्रीमान भन्दा बढी यी महिला कमाउछिन। यो खुशीको खबर हो। यस्ले नेपालको भबिस्य प्रती आसबादी बनाउंछ।
२. बेलुका फेसबुक खोल्दा अर्कि एकजना महिला सङ्ग भेट भयो। उन्ले क्यानाडाको पिआर पाइछ्न। उनको उमङ्ग अभिव्यक्ति देख्दा लाग्यो उनी यस देशलाई जेल ठान्छिन। गाउँकि महिला शहरका बालबालिका पिउने दूध उत्पादन गर्छिन। यी शारिया पिआर यिनै गरिबले तिरेको करबाट खुलेका स्कुल मा पढेर पिआर लिन्छिन र बेदेसिन्छिन। फेसबुकको यो घटना देख्दा देशको भबिस्य अन्धकार जस्तो लाग्छ।
३. दु:ख त झन तेतिबेला लाग्छ, जब दिनरात नेताको आलोचना गर्ने देश बिग्रीयो भनेर भुक्नेहरु गाउँको चिन्ता बिना पिआर पाउनेलाइ बधाई लेख्छन। मलाई लाग्यो चोरलाइ किन सराप्नु उसको त कामै चोर्ने हो। फटाहा त जति चोरी हुँदा पनि ढोकामा आग्लो नहाल्ने चै होला नि।
४. हिजो दिनभरि गाउँलाई हेर्दै बेलुका कसरी विश्व बैंक र अमेरिकी बहुराष्ट्रिय कम्पनीले जमैका को कृषि, दुध उत्पादन, केरा खेती, र पशुपालन समाप्त पारेका रहेछ्न भन्ने बृत चित्र हेरियो। कृषि समाप्त पार तरकारी बिदेशबाट, डेरी समाप्त पारेर धुलो दुध, पसुपालन समाप्त पारेर २० बर्श पुरानो दिफ्रीजको मासु खान जमैकन बाध्य रहेछ्न। ५० मिलिएन लोन सात अरब पुगेछ। पर्यटन बढे छ। थुप्रै कुहिरे आउँदा रहेछ्न। जुस, मासु, तर्कारी, कानेकुरा, लुगा, धन सबै अमेरिकी कम्पनीको। ओछ्यान बनाउने र ओछ्यानमा सुतिदिने जमैकन।
५. के भयो अहिलेसम्म देशको बिकास? तीन दलका नेताहरु मलाइ जवाफ दिनिहोस? गाउँमा तपाइँको कार्यकर्ता बिरामी जनता अस्पताल लान्छ। उस्कौ कारणले तपाईं चुनाव जित्नु हुन्छ। तपाईं रास्ट्रको आम्दानी दोहन गरेर बस्नुभाको छ। तपाइँ धनी, गुंडा, स्मलर, र तपाईंको चाकरी गर्नेलाइ टिकट दिनुहुन्छ। अर्का बैकल्पिक महोदयहरु आउनु भाको रहेछ। वहाँको चन्दा बिज्ञापन रहेछ बिदेशीएका सङ्ग। उहाँलाइ डलरमा चन्दा चाहिएको रहेछ।
६. यी सबैलाई देश होइन। उत्पादन गर्ने कृषक होइन, स्कुल होइन, उत्पादन होइन, बिकास होइन पद र रास्ट्रका सेवा र श्रोत दोहन गर्नु छ। तेसैले उनिहरु महिला, ईमानदार कार्यकर्ता, असल बौद्धिक, योग्य व्यावसायिलाई टिकट दिदैंनन।
यो देश गफगर्ने काम नगर्ने, केबल बिरोधको कुरामात्र गर्ने बिचारको निर्माण नगर्ने, बेलुका रक्सी र सेकुवा खाएर बिहान ब्यायाम गर्ने, देशको नागरिकता छोडेर पिआर लिने, अनि एन आरएन बनेर नेपालमा राजनिती गर्दै नेतालाइ घुस दिने, जनतालाई कानुनी जाल्झेलमा हालेर मिल्क होलिडे मनाउने र बिदेशिको चल्खेलमा लाग्ने अनि दूध होइन कोक खाने आधुनिकले बिगारेको देश हो। अब नयाँ पुस्ताका अँखा खुल्नु पर्छ। गाउँ गाउँमा गएर जनतालाई उत्पादनको सीप सिकाउ। चेतना भरौ। रोज्गारी निर्माण गरौँ । अब बौद्धिक र उधमसिलताको क्रान्तिमा लागौं।
कृपया निराशा र बकम्फुस बिरोधका कुरा नलेख्नु होला। रचनात्मक उपायहरू लेख्नुहोस ताकि परिबर्तनको बाटो देख्न सकियोस।