सामजीक बिकास र सांस्कृतिक पृष्ठभुमिलाई परसारेर देशको राजनितीलाई बुझ्नु हुदैंन। समाजको संरचना र सांस्कृतिक मुल्य मान्यताले निर्माण गरेको मनोबिज्ञानले नै मानिसका राज्य र राजनीतिलाई हेर्ने अवधारणा निर्माण गर्दछन। नेपालको राजनीति स्वाभाविक रुपमा यसबाट पृथक हुन सक्दैन। हाम्रो इतिहास कस्तो छ?
राज्य सासकको बिर्ता हो भन्ने करा इतिहासमा गाहिरो मनोबिज्ञानको रुपमा रहेको छ। यहि मनोबिज्ञान बर्तमान राजनीतिमा पनि छ। तेसैले यस्तो राजनीतिले हैसियत निर्माणलाई लक्ष मान्दछ। यस मनोबिज्ञानले जुनसुकै बादमा नेता र जनताका बिचमा मालिक र नोकरको सम्बन्ध स्थापित गर्द्छ। यस अर्थमा नेपाली राजनीति सुधारबादि राजनीति सम्म पनि होइन। यो नितान्त बुरोक्र्याटिक वा नोकरशाही ब्यबस्था मात्र हो। यस्तो राजनितीले सधै समाजको बिभाजनलाई प्रोत्साहित गर्दछ।
१.बलपूर्वक मृत-स्थाइत्व लादनु यस्को लक्ष हुन्छ। अङ्रेजीमा यस्लाइ regressive status-quo भनिन्छ। हैसियत वा स्ट्याट्स लाई सस्थापित गर्न यस्ले कानुनको भर्पुर सहयोग लिन्छ। यसले छ्द्म रणनीति अबलम्बन गर्द्छ। जस्तैः गुटबन्दी द्वारा समुहको शक्ति आफ्नो हातमा राख्दछ। राज्यका पदमा आफ्नो एकलौटी अधिकार स्तापित गर्दछ, र तेस्कालागि राज्यको शक्ति र पैसा दुबै प्रयोग गर्दछ। बिगतको अमेरिकि राजनिती यस्को ज्वलन्त उदाहरण हो। अहिले नेपालमा पनि तेहिनै हो।
२. कथित बौधिकहरु यस रोगका शिकार भएका हुन्छ्न। यिनिहरु जे भैरहेको छ त्यो कुनै मानिसको दुर्गुणको कारणले भैरहेको हो भन्ने ठान्छन। त्यो केबल भ्रम मात्र हो। यो नोकरशाही राजनीतिलाई स्थापित गरि राज्य दोहन गर्ने नितिगत योजनाबाट नियोजित रुपमा भैरहेको हुन्छ। तेसैले राम्रो होस भन्ने कोरा रोदनले नेपाल परिबर्तन हुँदैन।
३. ढाट्नु, ठग्नु, लुट्नु र अपराध गर्नु नोकरशाहीतन्त्रका रणनीति हुन। तेसैले जिते पछि यो गर्छु, त्यो गर्छु भनेर हरेक ब्यक्तिले आफुलाइ नैतिक र इमान्दार प्रमाणित गर्ने प्रायास गरिरहेको हुन्छ। उ आफना मानिसबाट माला पहिराउन लगाउंछ। अन्यथा निर्वाचन सङ्ग मालको संबन्ध के हुन्छ? उ त बिकासको योजना सङ्ग मात्र सम्बन्धित रहनु पर्ने हो।
४. नोकरशाहीतन्त्रमा बिदेशी गठजोड पनि गांसिएको हुन्छ। नेतालाई सत्ता र बिदेशीलाई प्रभुत्व चाहिएको हुन्छ। नोकरशाहीतन्त्रको बौद्धिकताले कोरा देशभक्तिको कुरा त गर्छ, तर त्यो भवनमा लिन हुन्छ र आफ्नो स्वार्थबाट प्रेरित हुन्छ। यो एकै छिनमा क्रान्तिकारी हुन्छ अनि एकै छिनमा कसैको चाकरी गरि रहेको हुन्छ।
५. अहिले नेपाल अरु देश जस्तै सामन्तबादी नोकरशाहीतन्त्र बाट बाहिर आउने चाहाना र तेस्को विरुद्ध परिबर्तनबिरोधीका घेराबन्दीबिचको संघर्षमा अलमलिएको छ। एउटा सुधृढ बौधिक क्रान्तिबाट खारिएको बैचारिक क्रान्तिबाट मात्र देशलाइ जोगाउन सकिन्छ। अब देश भक्ती र बिकासलाई जोड्ने नयाँ बिचारको निर्माण हुनै पर्छ। बस्तुगत एबं प्रयोजनबादि बिकासको ढांचाले आम जनताको दुइटा सक्षमता निर्माणको लक्ष बोकेको हुन्छ।
क. प्रतेक ब्यक्तीको उत्पादकत्व निर्माण गर्न, उसलाई उन्न्त शिक्षाको प्रबन्ध गर्नु पर्छ। तर हाम्रो राजनीति केबल रेल र भत्ताको कुरा गर्छ। नेपाली सांस्कृतिक मान्यताको समेत सन्दर्भमा नेपाली बिकास ढांचाले परिबारलाइ उत्पादनको इकाई बनाउनु पर्छ। यस्को तात्पर्य हो कृषि बिकास को पहिलो प्राथमिकता हो। तर नोकरशाही राजनीतिका बाहकहरु केबल शहरकेन्द्रित सम्रचनाका कुरा गर्छ्न। किनभने यस्ता बिकास योजनामा भ्रस्टाचार गर्न शहज हुन्छ।
ख. उर्जा प्राथमिक बिकास एजेन्डा हो। तर यसलाई सुन जस्तो महङ्गो बनाइएको हुन्छ। भ्रस्टाचारका लागि यो प्रयोग हुन्छ।तेसैले खोलाहरुमा नेता र माफियाको अधीन हुन्छ। आम जनता पुग्ने बिकासले आम चेतनाको निर्माण गर्छ। तेसैले नोकरशाहीतन्त्रमा शिक्षा र कृषिलाई धोस्त पारिएको हुन्छ। शिक्षा निजीकरणको योजना र औधोगिक प्रतिस्ठानहरु लिलाम गर्ने योजना यसैकारण ल्याइएको थियो।
ग. भौतिक संरचनाको निर्माण उदेश्य होइन, वा साध्य होइन साधन मात्र हो। मानिसको सुरक्षा र मर्यादाको निर्माण बिकासको साध्य हो। नेतृत्व यसो गर्न चांहदैन। तेसैले नेपालको बिकास दिग्भ्रमित पारिएको छ।
अब नेपाललाई नयाँ युगमा प्रक्षेपित गर्न नयाँ बिचारको निर्माण गर्नु आवास्यक छ। युवाहरुले नेतृत्व लिनु पर्छ।
तेसैले
अब कुनैपनि ब्यक्तिले पद ओगट्ने तन्त्र ध्वस्त पार्नै पर्छ।