आफ्नो भरोसामा बांच्ने मानिसलाई अरुको आशिर्वादको आवस्यकता पर्दैन। तर जब क्षमता नभएका मानिशहरु संगठित हुन्छ्न, उनिहरुले अरुका अवसरहरु लुट्छ्न। एउटा दुस्चक्रको निर्माण हुन्छ। अयोग्य र असक्षम मानिसले संघको नेतृत्व लिन्छ र अरुका अवसरहरु लुट्छ र तेस लुटबाट आफ्नो ताकत झन धेरै बलियो बनाउंछ संघमा। अहिलेको नेपालको समस्या यहि हो।
१. जब अयोग्यले दुनियाँलाई डोरयांउछ, उस्ले ढांट्छ। यसरी ढांटन उस्ले सबैभन्दा पहिला कानुनको प्रयोग गर्छ। कानुन सङ्ग सङ्गै तथ्यांकको प्रयोग गर्छ। कानुन र झुटा तथ्यांकको सहयोगमा कुतर्क गर्न थाल्छ। उ संघको नाइके हुंदा, उस्का पछिल्तिर अरु कुदछ्न केही पाइन्छकि भनेर।
३. धनिका पैसा कागजमा बांडेर, केही बिद्वान नेपालमा गरिबी घटेकोको तथ्यांक पेश गर्छ्न। यिनिहरुका दिमागमा बुद्धि र विवेकको बास हुँदैन। यिनिहरु दुनियाँको सत्य अंकमा खोज्दछ्न। तेसैले अहिले बिकासका नाममा तथ्यांक बेच्नेहरुको बजार चलेको छ। यिनिहरुका थुतुनाना यति लाख पर्यटक ल्याउन सकिन्छ, वोर्ल्ड बैकं, एडिबी बाहेक केही आउदैन। यिनिहरु यसरी ढाटेर गरिबलाइ मर्न बाध्य गरिरहेका छ्न। नेपालमा गरिबको संख्या बढेको छ घटेको छैन। तर पनि हामी केहि गर्न सक्दैनौं किनकि सबै संस्था र शक्ति यिनिहरुकै हातमा छ। राजनीतिक दलका नेता त मदारीले नचाएका बांदर मात्र हुन।
४. यिनै पाखन्डीहरु कानुनको व्याख्या गर्छ्न। यिनि आफैं भ्रामक संबिधान बनाउछ्न। अनि संबिधानको दुहाइ दिदै तर्क गर्छ्न। निर्वाचन किन हुन्छ ? गरिबको संरक्षणका लागि होइन। सत्ताका लागी। संबिधानमा स्पष्ट छैन भने वकिलको काम होइन स्पस्ट पार्ने? तर यिनै वकिल जो आफुलाइ सामाजिक अभियन्ता भन्छ्न, उनै नेतालाइ काइते कुरा सिकांउछ्न। किन? किनकि उनिहरुलाइ यो देशका गरिबको जिवनको कुनै तात्पर्य नै छैन। तेसैले यिनिहरुका अगाडी पार्टी नामको विशेषण जोडिएको छ। यी अन्याय भएको ठुला ठुला कुरा भाषण गर्छ्न। न्यायाधीश निदाको कुरा गर्छ्न, न्यायाधीशले बोल्न नदिएको कुरा गर्छ्न, न्यायको स्तर खस्केको कुरा गर्छ्न, नियुक्तिमा राजनीति भएको भन्छ्न, तर यसो भन्दा उनिहरु गरिब जनता होइन आफनै फाइदा हेरिरहेका हुन्छ्न। न्यायाधीशका लागि त यो पद पहिला देखि नै जागिर न हो।
५. जनताले मतदान किन गरे? सरकार बनाउन। दुनियाँमा कुनै तर्क हुन्छ सरकार बनाउन पराजित पार्टीले निषेध गर्न सक्छ? के राजनीतिमा कुनै नियम हुँदैन?
६. के फरक पर्छ एकल सक्रमणिय निर्वाचनले? के कुराले तथ्य लाइ अस्तित्वहिन बनाउन सक्छ। निर्वाचन जे गरे पनि जस्ले जति जित्ने हो तेतिनै जित्छ।
७. हेर्नुस् तर्क कस्ता छ्न। रास्ट्रीय सभाको निर्वाचन नभै सरकार बन्न सक्तैन अरे। रास्ट्रीय सभा राज्यको सभा हो, जनताको सभा होइन। यो तर्क त कुहुराले फुल नपारे सम्म बच्चाको न्वारान गर्नु हुँदैन भने जस्तै होइन? अनि एकजना पारखि एमाले वकिले नेतालाइ भने अरे, ए.स. पद्धति अपनायो भने काङ्ग्रेसले नौवटा एमालेका सिट लैजान्छ अरे। सातवटा प्रान्त छ्न, आठ आठ जाना छानिन्छ। नेतालाई उल्लु तर्क दिएर मूर्ख बनाउछ्न।
८. एमाले सधैं वकिलका गलत सल्लाहले फंसेको छ। अघिल्लो पटक नयाँ सरकार बन्दैन भन्ने तर्क समेत गरे। काङ्ग्रेस सधैं पार्टी भित्रको कुलीन लोकतन्त्रहिन बुढा नेताको रझांइले फसेंको छ। कुतर्क गरेर दुनियाँ हसांउन र रास्ट्रपतिलाई बिबादास्पद बनाउन बन्द गर।