सभ्यताको बिकासमा सबैभन्दा ठुलो भुमिका मानिसमा विकसित सोचाइप्रतिको उत्सुकता

अहिले सम्म सभ्यताको बिकासमा सबैभन्दा ठुलो भुमिका मानिसमा विकसित सोचाइप्रतिको उत्सुकताको छ भन्न सकिन्छ। तर अब यस्मा बिस्तारै क्षय हुँदै छ। यो प्रवृत्ति खासगरी नेपाल जस्ता स्युडो (बिज्ञान बिरोधि) बिचारले ग्रस्त समामा धेरै देखिएको छ। यसका केही उदाहरणहरु दिन सकिन्छ।
१. जब मानिस सोचको माध्यमबाट तर्क वा बस्तुगत यथार्थताको खोजी गर्न छोड्छ, उस्ले बितन्डाको आस्रय लिन्छ। बितन्डा भनेको कुतर्कलाइ प्रमाणित गर्ने स्वार्थ हो। नेपालीहरुमा के उचित र क अनुचित भनी छुट्याउने शक्तिको क्षय भएको कुरा त "कुनै कुराको बिरोध नगर्ने तर सबै कुरा अस्विकार गर्ने" बिसर्जनबादी प्रवृत्तिले देखाउछ। रास्ट्रको अस्मिता विरुद्ध बोल्ने पनि नेता, डि.भि. लिएको मानिस पनि नेता, बिदेशमा बसेर नेपालमा केही भएन भनेर कराउने पनि सज्जन, देशमा बसेर रास्ट्रको ढुकुटी ब्रम्ह्लुट गर्ने पनि सज्जन। 
२. देश सबैभन्दा महत्वपुर्ण भएन नेपालीलाई। एकथरीलाई काङ्ग्रेस भए पुग्ने रहेछ। अर्का थरीलाई बामपंथी भए पुग्ने रहेछ। अर्को एक्थरी सबैथोक राजा फर्काए पुग्छ भन्छ। देशको उन्नति कसैको चासोको बिशय होइन रहेछ। नेपालीलाई वाद र राजनीति जनताको बिकास र रास्ट्रको सुरक्षाका लागि चाहिएको हो। यहाँ त हरेकको स्वार्थ छ। यहाँ कसैले काङ्ग्रेस, कम्युनिस्ट वा राजाको समर्थन देश र जनताका लागि होइन, आफ्नो आय मलाइ फाइदा हुन्थ्यो भनेर रहेछ।
३. राजाले पश्चिममा आफ्नो मान्समान भएको देखेर, पश्चिमी शक्तिलाई नेपालमा खुला छोडिडिए। उनिहरुलाइ नेपाल चिनका विरुद्ध खेल्न चाहुएको थियो। उनिहरुले नेपालमा पैसामा धर्म किन्न पाइने अधर्मको बीउ रोपे, नेपालको शिक्षा बर्बाद गएइदिए, अन्तमा राजपरिवारनै समाप्त गरिदिय। अनि राज्यको पुनर्संरचनाका नाटक थोपरे, तेस्लाइ स्विकारे पछि जातिएता रोपिदिए, तेसलाइ पनि स्विकारे पछि, अब बहु रास्ट्रीएता रोप्दैछ्न।
४. हाम्रो संस्कृति सकियो। पुजारीका छोराछोरीलाई कृस्मास राम्रो लाग्छ। हाम्रा बिश्वबिद्धालयमा सेता मानिस आए भने गौरव महसुस हुन्छ। राम्रो कलेज र स्कुल अग्रेंजी मानिसको नाममा खोल्दा हुन्छ। हाम्रा वकिल, डाक्टर र अरु ब्यबसायिको अगाडि राजनीतिको विशेषण जोडिएको हुन्छ। जस्तै बामपंथी वकिल, काङ्ग्रेस वकिल आदि। डाक्टरले लागुऔषध खाने गरेको खबर आउँछ। वकिलले पिक्निकमा जुवा खेलेका फेसबुकमा तस्बिर आउंछ्न। बिकृतीको डंगुर छ।
५. फेरि पनि समाजको परिबर्तन र बिकास होइन, नेपालीलाइ चिन्ता बिदेशिने नै छ। चिन्ता देशको होइन, प्रेदेशको राजधानि आफ्नो गाउँ मा होस नत्र काट्मारलाइ तयार हुने छ। आफ्नो आग्रह र पुर्बाग्रह बाहेक केहि छैन। रास्ट्रीय सभाको निर्वाचन नभै सरकार बन्दैन भन्ने तर्क सम्म सुन्नु परेको छ। अर्को पट्कबाट त प्रतेक दुई बर्शमा एक तिहाइ सदस्यको निर्वाचन हुन्छ। अनि के गर्ने होला।
असल मानिस पनि होलान! तर जब सम्म सोचाइको धरातल परिबर्तन हुँदैन, दुनियाँ बद्लिंदैन।