नेपालबिरोधि शक्तिको घेराबन्दी

देशभित्र नेपालबिरोधि शक्तिको घेराबन्दी कति धेरै छ भन्ने कुरा अबत लेखीरहनु पर्दैन होला।
१. सरकारको निर्माण गर्न रास्ट्रीय सभाको कुनै सरोकार छैन। तर त्यो हुन नपाओस भनी निर्वाचन आयोग समानुपातिक तर्फको परिणाम प्रकासित नगरि बसेको छ। निर्वाचन आयोगलाइ परिणाम प्रकासित गर्न बिदेशी र स्वदेशी द्लालहरुले रोकेका छ्न।
२. जस्को बनेपनी नेपाली जनताले स्थाइ सरकारको चाहाना राखेका थिए। त्यो हुन नदिन अनेक तानाबाना बुनेर रोक्ने प्रयास भैरहेको छ। 
३. नेपालका कम्युनिस्ट पार्टी भित्र जाजुसहरु अनेक तरिकाले छिरेका छ्न। यिनिहरु कहिले कम्युनिस्टकै सुचना बिदेशी एजेन्टलाइ दिन्छ्न। कहिले जातिबादको नारा लगाउंछ्न। कहिले देशको बिखन्ड्नको कुरा गर्छ्न। अहिके कम्युनिस्ट एकताको बिरोध गरि रहेका छ्न। 
४. नेपालमा कोहि अब बामपंथी छन जस्तो मलाइ लाग्दैन। तर बामपंथी भन्दा गतिलो काङ्ग्रेस कहाँ छ? काग्रेंस देशमा अस्थिरताको कारण बन्दैछ। यदि अहिले पनि स्थाइ सरकार बनेन भने काङ्ग्रेसले झन ठूलो मुल्य चुकाउनु पर्नेछ।
५. अध्यादेशमा समस्या होलान। तर एमालेले सानो तिनो नोक्सानी सहेर पनि तेस्लाइ स्वीकारनु नै बुद्धिंमानी हुन्छ।
६. हिजो राजाको परिबारै सक्ने, मदन भन्डारीको हत्या गर्ने र गणेशमानको राजनीति सिध्याउने शक्ति अहिले पनि जिउदैं छ। हिजो राजालाइ उचालेर संकट्काल लगाइ माओबादी सिध्याउने र उनीहरुको प्रयोग गरेर राजा सिध्याएको पनि मानिसले बिर्सेका छैनन होला।
७. अहिले सरकारको गठन हुन नदिने खेल नाङ्गो हस्तक्षेप हो। लोकतन्त्रमा जनताको मतको अपमान हुनु हुदैन। मेरो समर्थन लोकतन्त्रलाई हो। जो यस्को बिरोधमा आउँछ तेस्को बिरोध गर्नु पर्छ। अत:
क. निर्वाचन आयोगलाइ निर्वाचनको परिणाम रोकेर राख्ने अधिकार छैन। सरकार जिसुकैले बनाओस तर परिणाम घोषणा हुनु पर्छ।
ख. रास्ट्रपतिले अध्यादेश जारी गरिदिए हुन्छ। 
ग. सरकार बन्ने र प्रेदेस सभाको बैठक तयारी गर्न कुनै कानुनले रोकेको छैन।
घ. रास्ट्रीय सभाको निर्वाचन हुँदै गर्दा सरकार बन्ने काम सङ्ग सङ्गै हुन सक्छ।
ङ. माध ०७ पुर्याएर निर्वाचनको बैधानिक अस्तित्वमा प्रस्न खडा गर्ने जमर्को हुन सक्छ। यस्तो खेलबाट मावोबादीको भनाइ कि अब फेरि ससस्त्र क्रान्ति आबास्यक छ भन्ने कुरा पुष्टि नगर्नु राम्रो हुन्छ। अब पनि खेलाची भयो भने धेरै नेताले दुख पाउने दिन आउन सक्छ्न।