तत्कालीन प्रधानमन्त्री मन मोहन अधिकारी

तत्कालीन प्रधानमन्त्री मन मोहन अधिकारीका विरुद्ध अबिस्वासको प्रस्ताब प्रतिनिधि सभामा दर्ता थियो। वहाँ टिचिङ्ग अस्पतालमा गम्भीर घाइतेका रुपमा हुनुहुन्थ्यो। अबिस्वासको प्रस्ताबमा वंहाके जवाफ दिन बांकीनै थियो। वहाँका स्वकीय सचिब सुबर्ण जि मेरो ल फर्ममा राती ९.०० बजे आउनु भयो। एमाले भित्र दुइचार जना वकिलमात्र छुत, र अरु हामी सबै अछुत घोषित थियौ, अछुत भित्र बिश्वकान्त मैनाली पनि पर्नु हुन्थ्यो। अबिस्वासको प्रस्ताबमा छुत वकिलहरुले के सल्लाह दिएको थियो थाह थिएन। म अस्पतालमा पुगें, र वहाँको छेउ मा उभिएं। 
१. राजीनामा दिने होला कि के गर्ने? वहाँले सोध्नु भयो। "लोकतन्त्रमा अबिस्वासको प्रस्ताब सामान्य कुरा हो। राजिनामा दिनु हुँदैन", मैले भनें। "तर काङ्ग्रेस त एक दिन पर्खिन पनि तयार छैन," वहाँले भन्नू भयो। मनमोहनले लिखित जवाफ दिए हुन्छ भनेका रहेछ्न, तत्कालिन सभामुखले। मैले भने, रास्ट्रले नैतिकता सिकोस, तेसैले स्ट्रेचरमा गएर जवाफ दिनु राम्रो हुन्छ। आखिर दुर्घटनामा परेको प्रधानमन्त्रीले संसदमा आउन पनि नसकी हट्नु पर्यो। राजनितीमा नैतिकता हुन्छ। नेपालीहरु लोकतान्त्रिक मान्यता समाप्त पार्ने खेलमा सधैं मूर्खका रूपमा दर्सक भएका छ्न। तेतिबेला काङ्ग्रेसको तेस अमानवीय राजनीतिक हर्कतको बिरोध गरेनन। अहिले सरकार आफ्नो आयु बढाउन हरेक किसिममा तानाबाना कसिरहेको छ। तरपनि कथित बौद्धिकहरु लोकतन्त्रको यो उपहासको मुक दर्सक नै बनेका छन। लोकतन्त्रलाई मजाक बनाएर, लोकतान्त्रिक कसरी बनिएला र? 
२. बिदेशीहरुले जसरी खेली रहेका छ्न त्यो लाज लाग्दो छ। बि. पि.ले नेहरुले सङ्ग पङ्गा लिए देशको स्वाधीनताका लागि। अहिले कुनै एउटा देश बामपंथीको सरकार बन्न रोकदै छ भनेर सचांर माध्याम लेख्छ्न। निर्वाचनको उपहास भैरहेको छ। काङ्ग्रेसको दाइत्व जनमतको कदर गर्नु हो। यसो गर्न सकेन भने काङ्ग्रेसमा लोकतन्त्र होइन लोकतन्त्रको मुखुन्डो मात्र छ भन्ने बुझ्नु पर्ने हुन्छ।
३. सरकार बनाउन नरोकेर काङ्ग्रेसले भने जस्तै बामपंथी अधिनायकवादि हुन कि होइनन भनी परिक्षण गर्ने मौका जनतालाई दिनु पर्छ। यदि काङ्ग्रेसले भने जस्तो पुग्यो भने जनताले बामपंथीलाई अर्को निर्वाचनमा बढार्ने छ्न। यदि उनिहरुले भने जस्तै देशलाइ बिकासको बाटोमा लगे भने, जनताले चाहेको तेहि हो। बामपंथी इमान्दार रहेछ्न भने, अहिलेका काङ्ग्रेसका गतिविधि प्रत्युत्पादक हुनेछ्न।
४. काङ्ग्रेसको भलो जनमतको कदर गर्नुमा छ। राज्यको ढिकुटी आमदानी बिना कहिले सम्म चल्छ?